लखन पार्कलाई नेपालकै नमुनाको रुपमा परिचित गराइने

Read Time:4 Minute, 47 Second

कमल चौधरी

बुटवल – लखन थापा मगर स्मृति पार्क तथा संग्रहालयलाई नेपालकै एउटा नमुना पार्कको रुपमा परिचित गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।

 

शहीद लखन थापा मगर स्मृति पार्क तथा संग्राहलयको प्रथम अधिवेशन कार्यक्रममा शुक्रबार वन विहार तथा अनुसन्धान केन्द्र शंकरनगर–२ मा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् । उनिहरुले नेपालकै नमुना पार्क निर्माणको लागि सम्पुर्ण जनसमुदायमा उच्च मनोबल हुनुपर्नेमा जोड दिएका थिए । वीर शहीदहरुले नेपालको गरिमामयलाई उचो बनाएको भन्दै शहीदको स्मरणको लागि यस किसिमको स्मृती पार्क तथा संग्रहालयहरु हुनु आवश्यक रहेको बताए  ।

शहीद लखन थापा मगर स्मृति पार्क तथा संग्रहालयका अध्यक्ष माथवर सिंह सलामीको अध्यक्षता, समाजसेवी तथा नेपाल राष्ट्र बैंक भैरहवा अधिकृत खेम पुनको प्रमुख अतिथ्यता, सचिव कमला पुनको स्वागत र सह–सचिव टिका देवी आलेमगरको स्वागत रहेको कार्यक्रममा प्रथम शहीद क्या.लखन थापा मगर स्मृति पार्क तथा संग्रहालय दर्ता विधान प्रक्रियामा नसमेटिए पनि पछि क्या.लखन थापामगर स्मृति पार्क लेखाउने जिकिर गरे । नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर बीरकट्ट मगरले शहीद कुनै जात विशेषको नभएको भन्दै शहीद लखन थापालाई प्रथम शहिदको दर्ज राज्यले दिनुपर्ने कुरामा जोड दिए ।

पहिलो पटक निरंकुश राणा शासनको विरुद्ध आवाज उठाएकोले उहाँलाई वि.सं. १९९३ फागुन २ गते हत्या गरेको भन्दै उहाँलाई प्रथम शहीद लखन थापाको दर्जा दिनुपर्ने जिकीर गर्नुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष तथा शहिद लखन थापमगर स्मृति पार्क तथा संग्रहालय वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष माथवर सिंह सलामीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै छोटो समयमा आफूहरुले धेरै नै रचनात्मक क्रियाकलाप गरेको बताउनुभयो । उहाँले २०६७ सालमा पार्क क्षेत्रमा मगरहरुको मौलिकता झल्किने गरी संग्राहलय निर्माण कार्य थालनी गरेको भन्दै विहार क्षेत्रमा काठ तथा खरद्वारा गोलो आकारमा कटेज निर्माण गरेको बताए । उहाँले करिब २ विघा क्षेत्रफल शहिद लखन थापा स्मृति तथा संग्रहालयको लागि शंकरनगर सामुदायिक वनले उपलब्ध गरेको भन्दै, त्यस क्षेत्रमा जिल्ला विकास समिति रुपन्देही, सामुदायिक वन शंकरनगरको आर्थिक सहयोग तथा बु.न.पाको आर्थिक सहयोग तथा जनसहभागितामा २०६९ मा जग निर्माण काम सम्पन्न भैसकेको बताए ।

उक्त अधिवेशन कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा नेपाल राष्ट्र बैङ्क भैरहवाका अधिकृत खेम पुन, विशिष्ट अतिथि वनविहार शंकरनगरका उपाध्यक्ष कृष्ण रासकोटीमगर, कृष्टल नलेज एकेडेमी मंगलापुरका प्रधानध्यापक खेमेन्द्र राना, मगरघाट शंकरनगर, रुपन्देहीका पदम प्रकाश राना, नेपाल मगर संघ मोतिपुरका अध्यक्ष श्याम बहादुर राना, फोनिज रुपन्देहीका जिल्ला अध्यक्ष मिलन गाहा, नेपाल मगर संघ गाउँ समिति शंकरनगरका अध्यक्ष महेश कुमार राना लगाएतले बोल्दै शहिदहरुको स्मरणको लागि स्मृति पार्कहरु हुनुपर्नेमा जोड दिएका थिए ।

लगभग ५० जनाको सहभागी रहेको कार्यक्रममा  कोषाध्यक्ष टेक बहादुर वलालले संग्रहालयको २ लाख ७५ हजार ७ सय ४७ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %