शिवलाल थापामगर , सभासद ,संविधानसभा

काठमाण्डौ , २०७१ बैशाख १३ – संविधानसभामा प्रधिनिधित्व भएका सबै रजनितिक दलहरु मिलेर नियमावली तयार गरिसकेपछि सोही अनुसार संविधानसभाको कार्यक्रमहरु अगाडी बढिरहेको छ । नियमावलीमा व्यवस्था भए अनुसार ५ वटा समितिहरु गठन भइसकेका छन् र ५ वटै समितिका सभापतिहरु पनि चयन भइसकेका छन ।
यस भन्दा अगाडी समिति गठनको प्रक्रियाप्रति असन्तुष्ट जाहेर गर्दै संविधानसभामा प्रधिनिधित्व गरेका १२ दलले वैशाख ११ गते सभामुखलाई ज्ञापन पत्र बुझाएका थिए । ति दलहरु ड्यास राष्ट्रिय जनमुक्ति पार्टि, खम्बुवान राष्ट्यि मोर्चा, तराई थरुहट पार्टि, दलित जनजाति पार्टि, नेपाली जनता दल, जनजागरण नेपाल, समाजवादी जनता पार्टि, संघिय समाजवादि पार्टि, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), परिवार दल, नेपा राष्ट्रिय पार्टि, अखण्ड नेपाल थिए ।
उक्त दलहरुको एक सुत्रिय माग अनुसार नियमावलीलाई अक्षरशः कार्यान्वयन गर्नु पर्ने । एमाओवादीका नेता बाबु राम भट्टराईको विरुद्धमा असन्तुष्टि दलहरुको तर्फबाट संवैधानिक डयास् राजनितिक संवाद तथा सहमति समितिको सभापति पदमा रामकुमार राईलाई साझा उम्मेदवार बनाएका थिए ।
प्रधानमन्त्री, सभामुख र प्रमुख ठूला दल कांग्रेस, एमाले र एमाआवादिले नियमावलीलाई अक्षरशः पालन गर्ने प्रतिवद्धता जनाएपछि रामकुमार राईले सभापतिको उम्मेदवारी फिर्ता लिएका थिए ।
वैशाख १२ गते नै सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा सरकारबाट प्रस्तुत गरिएको विधेयक सम्बन्धमा थुप्रै संसोधन प्रस्तावहरु आएतापनि केही सामान्य संसोधन सहित सदनबाट सो प्रस्ताव पारित भएकोछ ।
