सडकको फास्ट फुडले ठुला रेष्टुरेन्टहरू फल्अप

Read Time:4 Minute, 27 Second

दिल प्रसाद थापामगर – बुटवल

यदी तपाई बुटवलमा आइ पुग्नु भएको छ भने साझको समय इस्ट्रीट फुड आज भोली अर्थात सडकमा पाइने विभिन्न खानाका परिकारको स्वाद लिन तपाई ट्राफिक चोक अवश्य जानु होला । बुटवलको ट्राफिक चोक पुग्ना साथ दर्जनौ ठेलाको झिलीमिली बत्ती र त्यहा तयार भएका विभिन्न फास्ट फुडको परिकारले अवश्य पनि तपाइलाइ आकर्षित गर्ने छ । 

 

दिनहु जसो साझ पर्ना साथ बुटवलको ट्राफिक चोक मा मानिसहरुको भिड बढेको देखिन्छ । यस्तो भिड देखेर साना ठेला ब्यवासाही भने आफ्नो परिकार चखाउनमा ब्यस्थ देखिन्छन । महगा महगा रेष्टुरेन्टमा पाइने खाना परिकारमा भन्दा यँहाको परिकारको आफ्नै स्वादछ भने थोरै पैसामा धेरै परिकार चाख्न पाइन्छ । साझ ६ बाजे देखि रातीको १० बजे सम्म यहा खानाको पारखीहरुको चलहपहल देख्न सक्छौ । यहा विशेष गरेर गर्मीको समयमा लस्सी, जाडोमा कर्फी , समोसा, चाट, पानी पुरी , अण्डा रोटी, सेकुवा, पकौडा , भोज चिकन मो मो , स्प्रीड्ड रोल, चिकेन ललीपप, माछा फ्राइ यहाको दिनहु पाइने परिकारका मेनु हुन ।

बुटवलको उच्च वर्ग देखि निम्न वर्गका सबैले यँहाको स्वाद लिन आउने गर्दछन ।  यसै गरि बेलबास निवासी सुसान्त थापा मगरले आफुले कम बजेटमा स्वादिष्ट खाना पाउंने हुदा प्राय आउने गरेको बताउछन । विशेष त आफुलाइ यहाको लस्सी मन पर्ने उनले बताए । त्यस्तै बुटवल रामनगर निवासी विजय थापा अनुसार कहिले काही घरको खाना खान मन लागेन भने आफु प्राय श्रीमती सग आउने गरेको बताए । व्रिटिस आर्मीमा कार्यरत छुट्टीमा आएका श्री प्रसाद थापाले आफु छुट्टीमा आउदा साथीहरु सग समय विताउन तथा भेटघाट गर्ने उपयुक्त स्थान भएको बताए ।

त्यस्तै विगत १५ वर्ष देखी ट्राफिक चोक क्षेत्रमा कफी, लस्सी ब्यवसाय गर्दै आएका बाबुराम पोखरेल अनुसार दिनमा सिजन हुदा पन्ध्र सय देखि दुई हजार सम्म आमदानी हुने बताए । उनका अनुसार प्राय जसो युवाहरु बढी आफ्नो  नियमित ग्राहक भएको बताउदै अन्य उमेर समुह पनि आउने गरेको बताए । सो ब्यवसाय गरेर आफ्नो  परिवारको राम्रौ सग गुजरा चलेको बताए । चार वर्ष देखी सेकुवा व्यवसाय गर्दै आएका जितबहादुर पुलामी मगरले दिनमा पाँच सय देखि हजार रुपैयाँ सम्म कारोवार भएको बताए । त्यसै गरि अण्डा रोटी व्यवसाय गर्दै आएका लेखबहादुर क्षेत्री अनुसार यस व्यवसायले आफ्नो परिवार पाल्न र छोरा छोरी पढाउन सजिलो भएको बताए । उनले दिनको पन्ध्र सय देखि दुइ हजार सम्म व्यापार हुने बताए । समय समयमा ठेला ब्यवसायलाई प्रशासनले त्यस ठाँउ ठेला हटाउंने आदेश दिने गरेको भएता पनि अहिले प्रशासनकै अनुमतीमा साझका ६ बजे देखी राती दश बजे सम्म व्यवसाय गर्न पाउने बताए ।  

 

लोड सेडिंग र गर्मीको समयमा रात्री को सितलताको अनुभव लिन र रिफ्रेश हुन बुटवलको ट्राफिक चोक उपयुक्त गनतब्य हुन सक्छ । भविश्यमा यस व्यवसायलाई उपयुक्ति संरक्षण र अझै व्यवस्थित बनाउने हो भने बुटवलमा आन्तरिक तथा वह्य पर्यटकहरुलाई केही समय विताउने उपयुक्त थलो बन्न सक्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %