गणतन्त्र दिवसमा लोक ताराको अडिसन सुरु हुने

Read Time:2 Minute, 51 Second

देब पचभैया

गुल्मी, बैशाख १३ गते – लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जिल्लामा  लोक बिधामा गित गाउनेहरुका लागी अडिसन संञ्चालन  गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि लोक बिद्यामा गित गाउन जान्नेहरुका लागी गुल्मी लोक तारा २०७१ संञ्चालन गर्न लागेको वताएको छ ।

गुल्मी जिल्लाका भिन्नि ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभा जस्ले गित गाउने कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउने ठाउ नपाएकालाई अबसर दिने अभिप्रयाले गुल्मी लोक तारा २०७१ संञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमा  प्रतिष्ठानका सचिव जनक पन्तले जानकारी गराए । पत्रकार सम्मेलनमा लोक दोहोरी प्रतिष्ठानका सचिव जनक पन्थले गुल्मी जिल्लाका बिभिन्न ग्रामीण बस्तीमा रहेका नयाँ प्रतिभालाई अगाडी ल्याउने उद्देश्यले  आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिए ।

प्रतिष्ठानले सोही कार्यक्रमको अवसरमा गुल्मेली भूमीमा जन्मिएका बरिष्ठ लोकदोहोरी गायक बोमबहादर कार्कीलाई सम्मान समेत गर्ने भएको छ । तीन चरणमा सम्पन्न हुने उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम जेठ ३१ गते शान्तिपुर, जेठ २४ गते अम्मरपुर र असार ७ गते बलेटक्सारमा हुने पन्थले जानकारी दिए । ‘

जिल्लामा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नका लागि हामीले यस्तो कार्यक्रमको आयोजना गरेका हौ’ उनले भने ‘फाईनलमा पुग्ने २ जनलाई प्रतिष्ठानको खर्चमा गीत रेकर्ड देखि म्युजिक भिडियो तयार पार्ने सम्मको ब्यवस्था हुन्छ ।’ प्रतिष्ठानले जिल्लाभरबाट २ सय जनाले सहभागिता जनाउने लक्ष्य लिएको छ ।

प्रत्येक क्षेत्रबाट ७ जना कलाकार छानेर अरु दुई चरणको अडिसन सदरमुकाम तम्घासमा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ । उत्कृष्ठ एक जना पुरुष र एक जना महिलाले गीत रेकर्ड गराउन पाउने छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %