दुई गाविस जोड्ने पुल बन्दै

Read Time:2 Minute, 44 Second

देब पचभैया

गुल्मी, बैशाख १२  गते – गुल्मीको कुर्घा– ५ भुवाचिदी र वडागाँउ– ५ ग्वादीकाचौर जोड्ने छुम्तुङ ग्वादिकाचौर सस्पेन्सन पुलको बेस ढलान सँगै बाहिरी निर्माण कार्य सुरु गरिएको छ । ९५ मिटर लम्वाई रहने पुल नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप, जिल्ला विकास समिति, वडागाँउ तथा कुर्घा गाँउ विकास समिति र जनश्रमदान गरी कुल ५० लाख लागतमा निर्माण हुन लागेको हो ।

गत जेठ १२ गते जिल्ला विकास समिति संग सम्झौता भई निर्माण कार्य शुरु भएको पुल आगामी असार १५ गते भित्र सकिसक्नु पर्ने भएपनि जेठ मसान्तसम्ममै पुल निर्माण कार्य सम्पन्न हुने पुलको समन्वय गरिरहेको सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीका सव–इन्जीनियर डिल्लीराज खनालले बताए। पुल निर्माण भएपछि ग्वादीकाचौरमा रहेको कुमाल बस्ती भुवाचिदी बजारसंग जोडिने छ भने स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

त्यस्तै पुल निर्माणले बडागाँउ र कुर्घाको सम्वन्ध बढ्नुका साथै ग्वादीकाचौरलाई पिकनिक स्पोर्टको रुपमा बिकास गर्न सकिने, गुल्मी जिल्लाकै उत्कृष्ठ खेल मैदानको रुपमा ग्वादिकाचौरलाई विकास गर्न सकिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष झविराम शर्माले बताए । पुल निर्माण कार्यले रोजगारी सिर्जना सहित सामाजिक, आर्थिक, शैक्षिक रुपमा पनि महत्वपुर्ण टेवा पुग्ने उनकोभनाइ थियो । क्षेत्रगत कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाकै पहिलो र नमुना पुल वन्न लागेको सिर्जनशिल विकास केन्द्रले जनाएको छ ।

केन्द्रले गुल्मी जिल्लामा १ सय १० वटा पुल निर्माण गरिसकेको छ । पुल बन्ने भएपछि स्थानीयबासी निक्कै हार्षित बनेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %