तानसेनका १० औषधी पसलमा छापा , अबैध गर्भपतनका औषधी भेटिए

Read Time:1 Minute, 59 Second

देब पचभैया

पाल्पा ,बैशाख १२ – जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले तानसेनका १० औषधी पसलमा आज छापा मार्दा  अबैध रुपमा गर्भपतन गराएको पाईएको छ । औषधी संचालकहरुले नै गर्भपतन गराएको र गर्भपतनका अबैध औषधी प्रयोग गरेको पाईएको जिल्ला स्वाथ्य कार्यालय पाल्पाका सुचना अधिकृत गणेश श्रेष्ठले जानकारी दिए ।

सानु मेडिकल हल लहरेपिपल र उपकार मेडिकल हल बाट गर्भपतन गराउन प्रयोग गरिएको अबैध औषधी जफत गरिएको छ । दुई स्थानबाट झण्डै ५० जनालाई पुग्ने औषधी जफत गरिएको बताईएको छ ।

जिल्ला स्वाथ्य कार्यालय पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपोनको नेतृत्वमा  गरिएको

अनुगमनमा पाल्पा मेडिको क्लिनिक लहरेपिपल दर्ता बिनै चलेको,  सफल मेडिकल हल र सुरज मेडिकलहल अर्काको नाउमा संचालन भएको, संगम मेडिकल बडिज्ञानटोलमा मापडण्ड बिपरित एक्सरे,ल्याब र फिजियो थेरापीको  संचालन गरेको पाईएको छ ।

उनीहरुलाई स्वास्थ्य सस्था स्थापना संचालन तथा स्तर उन्नति सम्बन्धी निर्देशिका २०७० अनुसार कारबाही अघि बढाईने जिल्ला स्वाथ्य कार्यालय पाल्पाका निमित्त प्रमुख न्यौपानेले बताए ।

औषधी पसलमै अबैध गर्भपतन हुने र बिना अनुमति स्वाथ्य सेवाहरु संचालन भैरहेको जनगुनासो पछि औषधी पसलहरुमा छापा मारिएको जिल्ला स्वाथ्य कार्यालयले जानकारी दिएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %