ढंग पुर्याएर काम गरे मगरहरु मन्त्री बनिन्छ – मन्त्री मगर

Read Time:2 Minute, 13 Second

देब पचभैया

पाल्पा, बैशाख १२ – भुमिसुधार एबं ब्यवस्था मन्त्री दल बहादुर राना मगरले ढंग पुर्याएर मात्रै अधिकार माग गर्न मगरहरुलाई आग्रह गरेका छन् ।

ढंग पुर्याएर अधिकार मागेमात्रै सफल भईने नत्र निर्णयमा पुग्न नसकिने उनको भनाई छ ।

नेपाल मगरसंघ पाल्पाको १२ औ जिल्ला अधिबेशनको आज उद्घाटन गर्दे उनले कि त तं छैन, कि त म छैन भन्ने हिसाबले गएको संबिधान सभामा माग गर्दा संबिधान पनि नबनेको बताए ।

जातिय पहिचान सहितको संबिधान निर्माणको लागी आफु बर्षौ देखि लडिरहेको भन्दै मन्त्री रानाले जातिय सहिष्णुतालाई ख्याल गरेर सबै नेपाली एक हौ भन्ने भाबनाले सबैले आफ्नो अधिकार खोज्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा , बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, महासचिब नबिन थापा लगाएतका बक्ताहरुले संबोधन गरेका थिए ।

मगर संघको १२ औ अधिबेशनले आगामी ३ बर्षको लागी नया जिल्ला नेतृत्व चयन गर्ने निर्बतमान अध्यक्ष बलबहादुर राना मगरले जानकारी दिए ।

मगर संघ पाल्पाका सचिब असबिर सारुको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोसी, निमित्त स्थानिय बिकास अधिकारी भिमार्जुन आचार्य, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगाएतले बोलेका थिए ।

उद्घाटन शत्र अघि पाल्पाका बिभिन्न गाबिस बाट आएका मगरहरुले तानसेनमा र्याली निकालेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %