लोकतन्त्र दिवस मनाइयो

Read Time:2 Minute, 20 Second

देब पचभैया

तानसेन, बैशाख ११ गते – लोकतन्त्र बहाली भएको नौ वर्ष बितिसक्दा पनि अहिलेसम्म सबै नेपालीहरुले पूर्ण रुपमा लोकतन्त्रको महसुस गर्न नसकेको आज तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

लोकतन्त्र दिवस जिल्ला मूल समारोह समिति पाल्पाले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले सर्वसाधारणसम्म लोकतन्त्रको सकारात्मक सन्देश पुर्याउन सबै पक्षको भूमिका रहने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति कृष्ण अधिकारी, नेकपा एमाले पाल्पाका कार्यबाहक अध्यक्ष देवीप्रसाद बश्याल, एमाओवादी पाल्पाका सहसचिव बलु गैरे, राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुँवर, राष्टिय जनमोर्चाका सचिव बिशाल दर्लामी, राष्टिय जनमुक्ति पार्टीका प्रचार प्रमुख टोप अस्लामी, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, नेकपा माओवादीका गिर बहादुर थापा, पूर्व सभाषद् नारायणी शर्मा, पूर्व सांसद यादबबहादुर रायमाझी, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, गाविस राष्टिय महासंघका अध्यक्ष दामोदर घिमिरे, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

जिल्ला बिकास समिति पाल्पाका निमित्त स्थानीय बिकास अधिकारी दुर्गा थापाको अध्यक्षता र टंक भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %