देब पचभैया
परासी,१० बैशाख – नवलपरासी जिल्लाका औलो प्रभावित गाविस मध्ये यसवर्ष १३ गाविसका एकलाख एकसय परिवारलाई किटनाशक झुल वितरण गरिएको छ । जिल्लामा सुनवल र तम्सरीया औलोको उच्च जोखिममा छन् भने १९ गाविस मध्यम रहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोल सहायक हरिनन्द महतोले बताए ।
ति गाविसमा पांच जना कडा रोगका बिरामी सहित ३८ जना औलो रोगि फेला परेका छन् । औलो रोगि फेला परेपछि बिरामीको घर देखि दुई कि.मि.लाई अति जोखिम क्षेत्र घोषणा ति सवै घरमा जांच पडताल गर्नु पर्ने भएकाले सामान्व ज्वरो देखिने वित्तिकै स्वास्थ्य संस्थामा जान चिकित्सकले सल्लाह दिएका छन् ।
महतोका अनुसार—ग्लोबल फण्डको सहयोगमा प्रतेक दुई जना परिवारका दरले ८९ हजार चारसय ७७ झुल वितरण गरिएको हो । चार वर्ष अघि देखि वितरण गरिदै आएको झुल हाल सम्म ४१ गाविसमा वितरण गरिसकिएको छ । जिल्लामा ७३ गाविस र एक नगरपालीका छन् ।
