“भ्रष्टाचारीको मुटुमा ढ्यांग्रो ठोक्ने काम गरेको छौ”
देब पचभैया
पाल्पा, बैशाख ८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख दुर्गा प्रसाद पोख्रेलले अकुत सम्पती आर्जन गरेका सरकारी कर्मचारीहरुको बिवरण छिट्टै सार्बजनिक हुने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज दिउसो आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अख्तियारका पश्चिमाञ्चल प्रमुख समेत रहेका पोख्रेलले भ्रष्ट कर्मचारीको बिवरण सार्बजकि गरेपछि ठुलो हंगामामच्चिने बताए । बदमासी भईरहेपनि बिभिन्न समस्याहरुले गर्दा अख्तियारले पनि खोज्न नसकेको उनको भनाई छ । अख्यिारलेले आफ्ना सिमित स्रोत र साधनलाई प्रयोग गरेर भ्रष्टाचारीको मुटुमा ढ्यांग्रो ठोक्ने काम गरेको पोख्रेलको दाबी छ ।
सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीको संचालनमा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिबराज जोसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
