देब पचभैया
गुल्मी ,७ बैशाख – गुल्मीको दरबार देबिस्थान देखि सदरमुकाम तम्घासतर्फ आउंदै गरेको लु. १ ज २५२९ नं. को जिप दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दरबारदेबिस्थान गाविस ८ निबासी ८ वर्षीय बालक विवश शारु महेन्द्र कुवँर, जमुना खत्री र एक जनाको सनाखत हुन वाकी रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल तम्घासमा उपचार हुदै । १४ जना यात्रुहरु बोकेर दरबार देबिस्थान देखि तम्घास तर्फ आउंदै गर्दा बिहान करिब ७:३० बजे सोही गाविस ८ स्थित म्याल पोखरा भन्ने ठाउंमा दुर्घट्ना भएको हो ।
उकालोमा बे्रक फेल भई दुर्घट्ना भएको जिप सडक देखि करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।
