देवेन्द्र सारु मगर
नवलपरासी , ०४ बैसाख २०७० – माझी मुसहर बोटे कल्याण सेवा समिती नवलपरासीले सन् २०१४ मा गैँडाकोट गाविसमा सञ्चालन गर्ने कार्यक्रमहरु साथै गतिविधीहरुको विषयमा जानकारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गैडाँकोट गाविसको सभाहलमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पछाडी परेको समुदायको उत्थानका लागी सवै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा गैँडाकोट गाविसका अध्यक्ष एंव सचिव गोविन्द सिग्देल, नेपाल आदिबासी जनजाती महासंघ गा बि स समन्वय परिसद गैंडाकोटका अध्यक्ष टकबहादुर थापा मगर , गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख नारायण सापकोटा, भाग्योदय प्रावि टोलटोलेका प्रधानाध्यापक दिल्लीप्रसाद अम्बै, माया ठकुरी, दिपक परियार लगायतले बोलेका थिए ।
यसअघि कार्यक्रमको उद्देश्यमाथी प्रकाश पर्दै कार्यक्रम संयोजक चित्रबहादुर माझीले ११ वटा गाविसमा यो कार्यक्रम गर्न लागिएको बताएका थिए । गैँडाकोटदेखी नयाँबेलहानीसम्म ११ वटा गाविसको २२ वटा बस्तीमा स्थानिय अधिकार कार्यक्रम, शुशासन कार्यक्रम र एड म्याच परियोजना सञ्चालनमा रहेको छ । माझी मुसहर बोटे कल्याण सेवा समितीले माझी मुसहर समुदायको आर्थीक, सामाजिक, शैक्षिक, राजनैतिक विकास र हक अधिकारका लागी निरन्तर कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रम माझी मुसहर बोटे कल्याण सेवा समितीका अध्यक्ष लालबहादुर वोटेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
