गोविन्द घर्ति – रुपन्देही
गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रको कन्यामाईमा पुनःउत्खनन् कार्य शुरु भएकोछ ।
लुम्विनी विकास कोष र पुरातत्व विभागको संयुक्त टोलीले गौतम बुद्धको मावली स्थल कन्यामाईमा तेश्रो पटक उत्खनन् शुरु भएको हो । उत्खनन्को अवसरमा ऐतिहासिक ईनार फेला परेको टोली प्रमुख तथा पुरातत्वविद् प्रकाश दर्नालले बताए ।
बुद्धकालिनमा निर्माण भएको ऐतिहासिक ईनारको उत्खनन् गरीरहेको अर्का पुरातत्वविद हिमाल उत्प्रेतीले बताए । गौतम बुद्धको मावली स्थल देवदह एकिन नहुदा सम्म उत्खनन्को कार्य जारी रहने पुरातत्वविद दर्नालले बताए । लुम्विनी, रामग्राम र कपिलवस्तु पहिचान भैईसके पनि देवदह भने पहिचानको प्रयासमा रहेको दर्नालले बताए। उत्खख्नको काम १० हप्ता सम्म चल्ने अर्का पुरातत्व विद कृष्ण केसीले बताएका छन्।
हाल सम्म संवत ११५७ उल्लेख गरिएको शिलालेख कन्यमाईमा भेटिएको हुदा बुद्धको मावली स्थल यसैको आसपासमा हुन सक्ने दर्नालको भनाई रहेको छ । देवदह क्षेत्रमा रहेका बैरिमाई, खयरडाडा लगायतका स्थानहरुमा उत्खनन् गर्न वाकी रहेको कारण देवदह क्षेत्र यही नै हो भन्ने एकिन गर्न नसकिएको पुरातत्वविद दर्नाललेबताए ।
विगतको उत्खनन्मा बुद्ध संग सम्वन्धीत सामाग्रीहरु मात्र भेटिएकोले यो क्षेत्र बुद्ध संग सम्वन्धीत रहेको पुरातत्व उत्प्रेतीको भनाई रहेको छ ।
