एमाओवादीले बुटवलमा जिल्ला सम्मेलन गर्ने

Read Time:1 Minute, 38 Second

गोबिन्द घर्ति

रुपन्देही जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक बामदेव क्षेत्रीले पार्टीलाई सुदृणिकरण गर्ने मुख्य एजेन्डा रहेको जानकारी दिए ।

त्यो संगै लोकतान्त्रिक पदतीबाट नेतृत्व चयन गरिने उनले बताए । एकिकृत माओवादीले रुपन्देहीको बैशाख १२ गतेदेखि बुटवलमा जिल्ला सम्मेलन गर्न लागेको छ । १२ गते उद्घाटन गरिने सम्मेलनको १३ र १४ गते बन्द सत्र गरिने र सर्बसहमतीको आधारमा नेतृत्व चयन गर्ने प्रयास भईरहेको संयोजक क्षेत्रीले बताए । नेतृत्व सर्वसम्मत हुन नसकेको खण्डमा सम्मेलन लम्बिनी सक्ने उनको भनाइ थियो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता बाबुराम भट्टराईले उद्घाटन गर्ने सम्मेलनमा जिल्लामा ५ हजार कृयाशिलताका आधारमा सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

सम्मेलनका अवसरमा सो पार्टीले बुटवल नगर सरसफाई, बिरामीलाई फलफूल वितरण गर्ने, रक्तदान तथा वाईसीएल द्वारा मार्च पास जस्ता कार्यक्रम सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %