देब पचभैया
पाल्पा, बैशाख ४-एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पाल्पाको जिल्ला सम्मेलनले बसन्त शर्मा कुशलको अध्यक्षता ५१ सदस्यीय नया कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शर्मा नेतृत्वको समितिमा ५ जना महिला, ८ जना दलित, ११ जना जनजाति रहेका छन् । अध्यक्ष शर्माको नेतृत्वको समितिका उपाध्यक्षमा नेत्र पाण्डेय, सचिवमा नरसिह राना, सहसचिवमा बलु गरै, कोषाध्यक्षमा लिला कार्की रहेका छन् ।
त्यसैगरी कायसमिति सदस्यहरुमा चक्रब्युह थापा, राजेन्द्र विक, नेवबहादुर ओली, सुर्यबहादुर सुनार, दिलु लामा, कर्णबहादुर कार्की, पुरन केसी, मिरा राना, लोकनाथ गौतम, यमबहादुर बगाले, टोपबहादुर खत्री, कमल भटट्राई, जनक ढकाल, तेजेन्द्र सिंजाली, सुवी विक, अशोक फाल, हरि चौहान, मथुरा ढकाल, कौशल न्यौपाने, कृष्ण भुसाल, रामप्रसाद बस्याल, खुमबहादुर विक, तुल्सा राना, राजेश श्रेष्ठ, नारायण थापा, केशव पौडेल, प्रेमसागर शाही रहेका छन् ।
त्यसैगरी शेषनारायण चालिसे, भीम भटट्राई, मेघराज आचार्य, तुलाराम गंरजा, चन्द्रप्रकाश परियार, रेवन्त छहरी, विष्णु सार्की, पवित्रा गैरे, शान्ता सारु सदस्य रहेका छन् । अन्य १० सदस्य जिल्ला पार्टीको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष शर्माले बताए ।
शहिद परिवार, दलित, महिला, जनजाति तथा भुगोलका आधारमा मनोनयन गर्ने एकीकृत नेकपा माओवादी पाल्पाले जनाएको छ । बिहिबार बेलुकी सम्पन्न जिल्ला सम्मेलनले सल्लाहकार समितिको अध्यक्षमा विन्दु रावल, सचिवमा रुद्र जिसी निर्वाचित गरेको छ । अन्य सल्लाहकार सदस्यहरुमा टुकबहादुर विक, गोपाल पौडेल, भैरव पुन, चण्डी देवकोटा, कल्पना गैरे, गुनबहादुर बगाले, कृष्ण पाण्डे, दलबहादुर सिंजाली, कृष्ण आले, हुमप्रसाद अर्याल, केशर कार्की, हरि कुवँर, उमाखर पाण्डे,बेनीराम चिदी, विनबहादुर खड्का, तारा राना, ओमप्रकास सुनार, नारायण कार्की, रामबहादुर कार्की रहेका छन् । अन्य ५ जना सल्लाहकार नयाँ कार्यसमितिले मनोनयन गर्ने छ ।
कार्यक्रमका प्रमुख अथिति, एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा मगरातका इन्चार्ज लोकेन्द्र विष्टले जिल्ला सम्मेलनको बुधबार उद्घाटन गरेका थिए ।
