आगोलागीमा परि दुई बालबालिकाको मृत्यु

Read Time:51 Second

देब पचभैया

पाल्पा, बैशाख ४ – पाल्पाको जुठापौवा ७ ग्वाठानामा आज (बिहिबार) दिउसो भएको आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ ।

५५ वर्षिय हनबहादुर सारुको घरमा आगलागी हुदा उहाकै नाति ४ वर्षिय कमल सारु र चार वर्षकै दिलकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । आगोलागीमा एक घर र तीन गोठ जलेर नष्ट भएको छ । दिउसोमा कोही पनि नभएका बेला आगलागी भएकाले बालबालिकाले उद्धार पाउन नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %