सांस्कृतिक कार्यक्रम सहित ट्राफिक जनचेतना अभियान सम्पन्न

Read Time:1 Minute, 52 Second

देब पचभैया

गुल्मी, बैशाख ३ –जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मी शाखाको संयोजनमा सदरमुकाम तमघासदेखि रिडीसम्मको ट्राफिक जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विशेष गरी ट्राफिक जनचेतना जगाउने उद्धेष्यका साथ सो अभियानको सुरुवात गएिको ट्राफिक प्रहरीले जनाएको छ । सांस्कृतिक कार्यक्रमहरु सहित सञ्चालन गरिएको सो अभियानपछि जिल्लामा दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनामा धेरै सुधार आउने अपेक्षा समेत लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सीनाले बताए । अभियानको गुल्मी जिल्ला क्षेत्र नं. २ का सभाषद एबं नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले उद्घाटन गरे ।उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले गरेको यो अभियान अति नै सह्रानीय रहेको बताए ।

उनले अभियान पश्चात जिल्लामा दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग पुग्ने र जनतामा ट्राफिक संबन्धि राम्रो सन्देश जाने कुरामा आशा व्यक्त गरे ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %