म्याद नाघेका बस्तुहरु नष्ट

Read Time:57 Second

देब पचभैया

गुल्मी, बैशाख ३ – गुल्मीको सदरमुकाम तमघास बजारमा गरिएको अनुगमनका क्रममा नियन्त्रणमा लिईएका अखाद्य बस्तु तथा म्याद नाघेका बस्तुहरुलाई  नष्ट गरिएको छ ।

जिल्ला प्रशासन लगायतको टोलीले चैत्र ३० गते गरेको अनुगमनका क्रममा फेला परेका म्याद नाघेका कोल्ड ड्रिङ्स, दालमोठ, मसला, विपस्कुट, चाउचाउ, कुरमुरे लगायतका बस्तुहरुलाई नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, गुल्मी उद्योग बाणिज्य संघ, नागरिक समाज, पत्रकार लगायतको उपस्थितिमा ती बस्तुहरु नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %