विनोद रखाली मगर – स्याङ्जा
वालिङ् , वैशाख १ – नेपाल मगर महिला संघ स्याङ्जा , वालिङ् नगरपालिका वडा न. ३ को आयोजनामा ४ दिने उद्धघोषणकला तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै नेपाल मगर संघ , पूर्व केन्द्रीय उपाध्यक्ष तथा वालिङ् वहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रिना राना मगरले निकै मेहनतका साथ तालिममा सिकेका उपलव्धिहरुलाई व्यवहारमा उर्तान आग्रह गरे ।
मगर महिलाहरु अन्य समुदायका महिलाहरु भन्दा खुला रुपमा हिँड डुल गर्न पाइरहँदा पनि सो समयको सदुपयोग हुन नसक्नु र तालिम पश्चात विभिन्न रचनात्मक सामाजिक कार्यमा अग्रशर भै आफ्नो कला प्रदशन गर्न आवश्यक रहेको उनको जोड थियो । कार्यक्रममा वोल्दै नेपाल मगर महिला संघ स्याङ्जाका अध्यक्ष खगिसरा थापा मगरले जिल्लामै पहिलो पटक महिलाहरुको सक्रियतामा उद्धघोषणकला तालिम सन्चालन गर्नु निकै महत्वपूर्ण र समय अनुकुल रहेको उल्लेख गर्दै मगर महिलाहरु अवको दिनमा वोल्ने मात्र होइन वोल्ने शैलिकोे विकाश गर्नु पनि अपरिहार्य रहेको उनको भनाई थियो ।
कार्यक्रममा मगर महिला संघ जिल्ला सदस्य कुमारी राना मगर , महिला संघ वालिङ् नगर अध्यक्ष रुपा थापा मगर , प्रमुख प्रशिक्षक विनोद रखाली मगर , सह प्रशिक्षक जि.वी राना मगर लगाएतले बोलेका थिए । तालिममा सहभागि प्रशिक्षार्थिहरु द्धारा कार्यक्रम सन्चालन, स्वागत मन्तव्य , प्रतिवेदन प्रस्तुत तथा अनुभव मन्त्व्य व्यक्त गरिएको थियो । तालिम अवधिभरको गतिविधि, उपलव्धि लगाएत समेटेर लिल माया राना मगरले प्रतिवेदन प्रस्तुत् गरेका थिए । तालिममा सिकेका कुराहरुलाई प्रशिक्षार्थी सुकमाया पुलामी मगर , टुका थापा मगर , भुमाया थापा मगरले अनुभव मन्तव्यको रुपमा आफ्ना अनुभवहरु सुनाएका थिए ।
वालिङ् उधोग वाणिज्य संघको हलमा सम्पन्न भएको तालिममा वालिङ् नगरपालिकाका २७ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर ,र युवा सन्चारकर्मी जि.वी. राना मगरले उद्धघोषणकला, आधारभुत पत्रकारिताको विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक द्धयलाई विशेष सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष कृष्ण आले मगरको अध्यक्षतामा वालिङ् वहुमुखि क्याम्पस प्रमुख रिना राना मगर प्रमुख अतिथि रहेका थिए भने प्रशिक्षार्थी शषि आले मगरको स्वागत मन्तव्य र प्रशिक्षार्थी सिता थापा मगरले सन्चालन गरेका थिए ।
