मनोज घर्तीमगर
चैत्र ३०,पोखरा – शसस्त्र प्रहरीको एपीएफ क्लवले पोखरामा जारी पेप्सि स्ट्याण्डर्ड राष्ट्रिय क्रिकेट प्रतियागितामा क्षेत्र नम्बर ६, बैतडिलाई ५ विकेटले पराजित गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा टस जिति व्याटिङ्ग गरेको बैतडिले २६ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८३ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा एपीएफले ५ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो । भुवन कार्कीले महत्वपूर्ण ६ विकेट लिएपछि एपीएफले सहज जित निकालेको हो । राजु बस्नेतले २ तथा यज्ञमान कुमाल र सञ्जम रेग्मीले पनि समान एक एक विकेट लिए ।
एपीएफको व्याटिङ्गमा दिपेन्द्र चौधरीले ४२ तथा भुवन कार्कीले १३ रन लिए । पहिला व्याटिङ्ग गरेको बैतडिले निरन्जन बोहराको २२,सन्तोष भट्टको १६ तथा सुरेश झप्रालको १३ रनको मद्धतमा ८३ रन जोडेको थियो । अन्य व्याट्स्म्यानहरुले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । क्षेत्र नम्बर ६ को बलिङ्गमा सन्तोष भट्टले र सुनिल तामाङ्गले समान दुई दुई विकेट लिए भने बसन्त खत्रिले १ विकेट लिएका थिए ।
