देब पचभैया पाल्पा
चैत्र २८ – बाघको आक्रमणबाट पाल्पाको चाप्पानी ८ एैरमडाडामा आमा छोरा घाईते भएका छन् । आज बिहान साढे सातबजे तिर घरनजिकैको खरबारीमा घास काट्न गएका बेला उनीहरुलाई एक्कासी बाघले आक्रमण गरेको स्थानिय हुम बहादुर चिदिले जानकारी दिए।
बाघको आक्रमणमा ५२ बर्षिया आङ्गकुमारी सारु र उनका १८ बर्षका छोरा लेख बहादुर सारु घाईते भएका हुन् । उनीहरको शरिका बिभिन्न भागमा बाघले चिथोरेको र नङ्ग गाडेको छ । युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको घाईतेको अबस्था सामान्य रहेको अस्पतालले बताएको छ ।
आक्रमण गर्ने बाघलाई घाईते आमा छोराले हसियाले हानेर मारेको अस्थाई प्रहरी चौकी भुसलडाडाका प्रमुख सई धन बिर थापाले जानकारी दिए । बाघ चार हात लामो छ ।
फोटो : किरण बुढामगरको फेशबुक बाट
