निरज पिठाकोटे
वीरगंज, चैत २९ – किराँत राई यायोक्खा पर्साको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
किराँत राई यायोक्खा जिल्ला तदर्थ समिति पर्साका अध्यक्ष जगत राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले पुनः जगत राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष नर बहादुर राई र राम माया राई, सचिवमा मालती राई, सहसचिवमा चन्द्र वान्तवा राई, कोषाध्यक्षमा दीपिका राई, सह कोषाध्यक्षमा प्रदिप राई, सदस्यहरुमा गोपाल राई, मनोज राई, आइसा राई, विष्णु राई लगायतका रहेका छन् ।
अधिवेशनको उदघाटन सत्रमा किराँत राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष मणिकुमार राई, केन्द्रीय सदस्य जनक राई, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका कार्यवाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकोटे, नेपाल पत्रकार महासंघ पर्साका सदस्य उत्तम खड्गी, नेपाल मगर संघ पर्साका कोषाध्यक्ष मूनेश लायो मगर लगायतकाले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
