पत्रकार गुरुङको उपचारका लागि नेजाबाट करिब ३ लाख सहयोग

Read Time:2 Minute, 18 Second

देब पचभैया

काठमाडौं, २८ चैत – वरिष्ट पत्रकार चुनबहादुर गुरुङको स्वास्थ्य उपचारका लागि नेपाल– अमेरिका पत्रकार समाज (नेजा) अमेरिकाले दुई लाख ७५ हजार रुपैंया सहयोग रकम संकलन गरेको छ । नेजाले वरिष्ट पत्रकार चुनबहादुर गुरुङ स्वास्थयोपचार सहयोग समितिको खातामा उक्त रकम जम्मा गरीदिएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रेश विज्ञप्ति जारी गरि जनाएको छ ।

  नेजाका अध्यक्ष आङछिरिङ शेर्पाको अग्रसरतामा अमेरिकामा बसोबास गर्ने सहृदयीहरुबाट सो रकम प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । फोनिजका अध्यक्ष डण्ड गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुवै मिर्गौला प्रत्यारोपणका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत गुरुङको स्वास्थ्योपचारमा सहयोग पुर्याउनुहुने अमेरिकामा बसोबास गर्ने सहृदयीहरुमा यो समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ भनिएको छ । ‘साथै, समन्वयकारी भूमिका निर्वाह गर्नु हुने नेजाका अध्यक्ष र सम्पूर्ण नेजा टिमप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । फोनिजको अगुवाईमा वरिष्ट पत्रकार चुनबहादुर गुरुङको उपचारार्थ सहयोग संकलन अभियान थालिएको हो ।

दुवै मिर्गौला प्रत्यारोपणका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत गुरुङको स्वास्थ्योपचारमा सहयोग गर्न चाहनेले ‘वरिष्ट पत्रकार चुनबहादुर गुरुङ स्वास्थ्योपचार सहयोग समिति’ सिभिल बैंकको खाता नम्बर ००२१०००३७९१०२७ मा रकम जम्मा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %