स्याङ्जा
वालिङ् , चैत्र २७ – नेपाल मगर महिला संघ, वालिङ् नगरपालिका वडा न. ३ को आयोजनामा ४ दिने उद्धघोषण तालिमको उद्धघाटन गरिएको छ ।
तालिमको उद्धघाटन गर्दै मगर संघ स्याङ्जाका उपाध्यक्ष खगिसरा थापा मगरले मगर महिलाहरुको विभिन्न पक्षलाई सुर्धान तालिम निकै उपयोगी भएको उद्धघोष गर्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । भू.पू. सैनिक संघ स्याङ्जा जिल्ला अध्यक्ष तथा मगर संघ वालिङ् नगर समितिका अध्यक्ष क्या.डिलवहादुर थापा मगर , मगर संघ स्याङ्जाका जिल्ला सदस्य कुमारी राना मगर लगाएतले बोलेका थिए ।
चार दिन सम्म सन्चालित हुने उक्त उद्धघोषणकलामा प्रमुख प्रशिक्षकको रुपमा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा युवा सन्चारकर्मी विनोद रखाली मगर र सन्चारकर्मी जि.वी राना मगरले प्रशिक्षण दिने आयोजकले जनाएका छन् । उद्धघाटन समारोहमा समितिका अध्यक्ष कृष्णा आले मगरको अध्यक्षतामा वालिङ् मगर महिला संघका सचिव रुपा थापा मगरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वालिङ् उद्योग वाणिज्य सभाहलमा सन्चालित तालिम चैत्र ३० सम्म सन्चालन हुनेछ ।
विनोद रखाली मगर
