देब पचभैया
नवल परासी , चैत्र २६ -नवलपरासीको त्रिवेणीब्यारेजमा सीमाको सुरक्षालाई मजबुत बनाउन आजदेखी थप २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
नयां क्याम्प नै स्थापना गरेर सशस्त्र प्रहरी परिचालन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले जानकारी दिए । यो सहित नवलपरासीमा सिमा क्षेत्र ६ स्थानमा सशस्त्र प्रहरी पहिचालन गरिएको छ ।
घिमिरेका अनुसार सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको घुसपैढ हुने र नेपाली जनतालाई दुख दिने गरेकोले त्रिवेणीको मुख्य नाकामा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
जिल्लाको त्रिबेणीसुस्ता गाविस बडा न ६ को त्रिवेणीसुस्ता पहिला कम मात्रमा प्रहरी खटाईएको भएपनि अहिले सिमामा हुने सक्ने बिभिन्न घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी निरीक्षक नन्द बहादुर ओलीको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी परिचालन भएपछी सिमाक्षेत्रमा हुन सक्ने बिभिन्न अपराधीक घटना कमी आउने र भारतिय प्रहरीको ज्यादती कम हुने स्थानियवासीले आशा गरेका छन् ।
