देब पचभैया
पाल्पा,चैत्र २६ – शिक्षामन्त्री चित्र लेखा यादवले पाठ्यपुस्तक समयमै विद्यँर्थीको हातमा पुर्याउन मन्त्रालय तदारुकताका साथ लागि परेको बताएका छन् । उहा“ले केही जिल्ला बाहेक प्रायः सबै जिल्लामा पाठ्यपुस्तक पुगीसकेकोसमेत बताएका थिए ।
नेपाल प्रेस युनियन पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री यादवले शिक्षा मन्त्रालय यस विषयमा गम्भीर भएर सम्वन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाले विद्यार्थीलाई पाठ्यपुस्तक हातमा लैजाने संवेदनशीलतालाई मध्य नजर गर्दै चौवीसै घण्टा खटिएर जनक शिक्षाले काम गरेको बताए ।
पाल्पा स्थित जनकल्याण उच्च मावि गेझाको स्वर्ण महोत्सवमा सहभागी हुन आउनुभएकी मन्त्री यादवले सन् २०१५ सम्ममा सबै नेपाली साक्षर बन्ने र समयभित्रै घोषणा पुरा हुने बताउनुभयो । उहा“ले मन्त्रालयले विद्यार्थी केन्द्रित निर्णय गर्ने बताउ“दै प्रभावकारी शिक्षण सिकाइका लागि शिक्ष्ँकहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । शिक्ष्ँकको जायज माग सम्बोधन गर्नुपर्ने आवश्यकता भएको बताउँदै सबै क्षेत्रले मनोवल बढाउनेतर्फ लाग्ने बताए ।
समस्या छ भनेर मौन बसेर ढिलाई गर्न नहुने बताउदै उहा“ले उपर्युक्त नीति र ऐन बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहा“ले ढिलाई गरेर समस्याको जवाफ हुन नसक्ने बताउ“दै सबैलाई स्वीकार हुन सक्ने खालका ऐन र नीति नियम बनाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयले पूर्व मन्त्री, पूर्व सचिव, शिक्षाविद्, सरोकारवालालाई सहभागी गराएर राष्ट्रिय बहस राख्ने बताउनुभयो । उह“ाले शिक्षाको नीति र त्यस अनुरुपको अन्य सुधार गर्नुपर्ने विषयलाई लिएर बहस कार्यक्रम गर्न लागेको बताउनुभयो । जनअपेक्षा अनुसार एक बर्ष भित्रनै नया संबिधान जारी गर्नेगरी बर्तमान सरकार लागी परेको उहाको भनाई छ ।
प्रेस युनियन पाल्पाका सभापति भरत शर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन युनियनका सचिब माधब अर्यालले गर्नुभएको थियो भने अतिथिहरुलाई उपसभापति कबिराज नेपालले स्वागत गर्नुभएको थियो । कार्यक्रम तानसेनको धु्रबघाट स्थित रोजरिर्सोटमा भएको थियो ।
