मनोज घर्तीमगर
पोखरा, २५ चैत – ल्वाङघलेल गाविसले पोखरामा सम्पन्न अन्तरगाविस भलिबल प्रतियोगिता–२०७० को उपाधि प्राप्त गरेको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो वृहत् खेलकुद महोत्सवअन्तर्गत पोखरा रड्डशालास्थित भलिबल कोर्टमा मड्गलबारको खेलमा सार्दीखोला गाविसलाई ३–१ को सेटमा पराजित गर्दै ल्वाङघलेले उपाधि प्राप्त गरेको हो ।
पहिलो सेट २५–२३ ले हाÇनो पक्षमा पारेको ल्वाङले दोस्रो सेट २८–३० ले सार्दीखोलालाई सुम्पियो। तेस्रो सेट २६–२४ ले पन्छाएको सार्दीखोलालाई चौथो सेटमा भने २५–२३ ले हरायो।सोमबार भएको फाइनल खेल दुवै टीमले एक–एक सेट जितेको अवस्थामा अकस्मात भारी वर्षा भएपछि खेल स्थगित भएको थियो। ३३ टीमको सहभागिता रहेको प्रतियोगितामा ल्वाङघलेलकै यामबहादुर भण्डारी बेस्ट प्लयेर घोषित भए ।
जीतसँगै ल्वाङघलेलले नगद ३० हजार, उपविजेता सार्दीखोलाले नगद २० हजार तथा तेस्रो स्थान हासिल गरेको धम्पुसले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। विजेता तथा उपविजेतालाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा र कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीललगायते पुरस्कार वितरण गरेका थिए ।
