मनोज घर्तीमगर
पोखरा, २४ चैत – विश्व स्वास्थ्य दिवसको अवसरमा पोखरा १५ स्थित हार्वड एकेडेमीले स्वच्छ समाज स्वस्थ जीवन भन्ने उद्घोषका साथ सोमवार सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम टोल सुधार समन्वय समिति १५ का अध्यक्ष प्रकाश पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा दिव्यज्योति युवा क्लव तथा कोलपाटन आमा समूहका अध्यक्ष तथा त्यसका पदाधिकारीहरु, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका सचेत नागरिकको सहभागिता रहेको थियो । त्यस अवसरमा बोल्ने सम्पूर्ण वक्ताहरुले विद्यार्थीहरुको सकरात्मक कदमप्रति सरहना गरेका थिए ।
कार्यक्रममा विद्यालयले समाजमा सचेतना प्रदान गर्ने उद्देश्यले फोहर मलाईू भन्ने बाल्टी सडक किनारामा रहेको बिजुलीको पोलमा राखेको छ । त्यहां सड्ने र नसड्ने गरी फरक राँता बाल्टी प्रयोग गरिएको छ । आगामी दिनमा पनि यस्ता अनुकरणीय कार्य गर्दै अगाडि बढ्ने विद्यालयका प्रधानाध्यापक दिपेन्द्र के.सी. ले प्रतिवद्धता व्यक्त गरे । ती बाल्टी विद्यार्थी परिषद्को सक्रियतामा ब्रिटिश काउन्सिल नेपालद्वारा सोसियल एक्सन प्रोजेक्ट अन्तर्गत प्रदान गरिएको रकमबाट व्यवस्था गरिएको हो ।
