स्वास्थ्य दिवसमा निःशुल्क दन्त शिविर

Read Time:2 Minute, 15 Second

मनोज घर्तीमगर

पोखरा, २४ चैत – विश्व स्वास्थ्य दिवसको अवसरमा पोखरा विश्वविद्यालयमा सोमबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । युथ भोलेन्टियर फर चेन्जको आयोजनामा पोखरा विश्वविद्यालयमा सम्पन्न शिविरमा विश्वविद्यालयका २०२ जना विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

  कान्तिपुर इन्सटिच्युट अफ हेल्थ साइन्सेसको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कान्तिपुर डेन्टल हस्पिटलका दन्त विशेषज्ञ डा. स्वाति सिंह शाह र डा. देविका थापा लगायतको २० सदस्यीय टोलीले सेवा प्रदान गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै स्कूल अफ डेभेलोप्मेन्ट एण्ड सोसियल इञ्जिनियरिंगका निर्देशक डा. अनन्तराज ढुंगानाले स्वास्थ्य बारे जनचेतना समाजको तल्लो तहसम्म लान यस्ता कार्यक्रमहरुले सहयोग गर्ने बताए ।

त्यसै गरी कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. धर्मराज श्रेष्ठले न्युनतम स्वास्थ्य सुविधा प्राप्तीका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको औपचारिक सत्रमा कार्यक्रम संयोजक विमल न्यौपाने र कार्यक्रम व्यवस्थापक गोपाल कँडेलले पनि आफ्नो धारणा राखेका थिए ।

शिविरमा दन्त परिक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयोजक संस्थाका प्रचार विभाग प्रमुख एकादेव बस्यालले जानकारी दिए । कार्यक्रमको औपचारिक सत्र संस्थाका अध्यक्ष सुवास मल्लको अध्यक्षता तथा महासचिव अर्जुन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %