संविधान नबनाई स्थानीय निर्वाचन अमान्य –तुम्बाहाम्फे

Read Time:2 Minute, 46 Second

सुनसरी  बाट सुन्दर गुरूङ्ग

 

धरान ,चैत्र २३ – राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेले संविधान घोषण नगरि स्थानीय निर्वाचन गराउनु भनेको पहिचान सहितको संघियतालाई तुहाउनु  हो । यस्तो  संविधान जनमुक्तिलाई अमान्य हुने बताए । राष्ट्रिय युवा मोर्चाको छौटौ राष्ट्रिय सम्मेलनलाई धरानको सभा गृहमा उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले बताएका हुन । उनले अगाडि भने ” पहिचान,संघीयता, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी विना नयाँ नेपालको कल्पना समेत गर्न सकिन्न ।“  

धरान १२ स्थित पब्लिक उ.मा.वीको प्राङगणबाट विविध झाँकी सहित र्याली गरि सभा गृहमा पुगी सभामा परिणत भएको थियो ।

  त्यस सभालाई पार्टीका उपाध्यक्ष द्धय के.पी पालुङवा र मानध्वज ब्लोन, पार्टीका महासचिव केशव सुर्यबंसी, स्थायी समिति सदस्य बुद्ध श्री लामा,सुनसरी जिल्ला इनचार्ज चन्द्र खापुङ , मोर्चाका अध्यक्ष राजेन्द्र राई र नेपाल विद्यार्थी मोर्चाका सहअध्यक्ष प्रवेग हाङस्रोङ लगायतले बोलेका थिए । छौटो राष्ट्रिय सम्मेलनका संयोजक बोम दर्लामीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा,मोर्चाका कोषाध्यक्ष शंकर गाहा मगरले स्वागत र कार्यक्रम संचालन महासचिव सुन्दर गुरुङले गरेका थिए ।

राष्ट्रिय युवा मोर्चाको छौटौ राष्ट्रिय सम्मेलनमा मुलुक भरका ६५ जिल्लाबाट प्रतिनिधी तथा पर्यवेक्षकहरु सहभागी रहेका छन् । सम्मेलनको बन्द सत्र धरानको लाङघाली सामुदायीक बनमा चैत्र २३ आईतवार रातीबाट चैत्र २४ सोमबार विहान सम्म चल्नेछ । बन्द सत्रमा मोर्चाका अध्यक्ष राजेन्द्र राईको राजनैतिक प्रतिवेदन र महासचिव सुन्दर गुरुङको सांगठानीक प्रतिवेदन प्रस्तुत हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %