बिल मात्रै गाबिसमा सामान सचिबको घरमा

Read Time:2 Minute, 28 Second

देब पचभैया

पाल्पा, चैत्र २० – चिर्तुङ्गधारा गाबिसका पुर्ब गाबिस सचिब रमा भुजेलले अनियमिता गरेको स्थानिय बासीहरुले आरोप लगाएका छन् । गाबिस सचिब रमा भुजेलको ठाँउमा अर्का सचिब नारायण शाही कार्यालयमा हाजिर भएपछि अनियमिता भएको खुलासा भएको स्थानिय दिपक ढुंगानाले जानकारी दिए ।

शाहीले गएको पौष ११ गते बाटै चिर्तुङ्गधारामा सचिबको जिम्मेवारी लिएपनि अहिले सामान खोज्दै जादा नभेटिएको बताए ।

बुज बुझारथ कागजमा जिन्सीको नाम  नै नलेखी केही शिर्षकको नगद हिसाब राखेर बर बुझारथ गरिएको छ । सचिब भुजेलले ९० हजारको ल्यापटप , १५ हजारको मोबाईल सेट , २४ हजार रुपैयाको डिजिटल क्यामेरा जिन्सी खातामा दर्ता गराएका छन् । ति सामानहरु  नभेटिएको  कार्यालयका कर्मचारीहरुले बताएका छन् । लेटर प्याड भरपाई बिलको ठेली बनाएर कागजी प्रक्रिया पुरा गरी फाईलमा दर्ता गरिएको स्थानियको भनाई छ ।

कार्यालयमा पेश  भएको बिल मध्ये प्रिन्टरमात्रै भेटिएको छ । त्यो पनि बजार मुल्य भन्दा तेब्बर बढी उल्लेख गरिएको छ । क्यानन् कम्पनीको २ Þ५ को प्रिन्टर किनेको तर त्यसको बिलमा ८६ हजार ७ सय उल्लेख गरिएको छ ।

चिर्तुङ्गधाराबाट पोखराथोक गाबिसिमा सरुवा भएकी भुजेललाई स्थानिय राजनितिक दलहरुले १० दिन पनि टिक्न नदिएपछि भुजेल अहिले बिदामा बसेकी छिन् ।

जिल्ला बिकास समिति पाल्पाका योजना प्रशासकिय अधिकृत पुस्कर भट्राईले यस बिषयमा आफुलाई जानकारी नभएको , तर छिट्टैनै अनुगमन गरिने बताए ।

पाल्पाका अधिकांश सचिबले गाबिसको पैसा बाट ल्यापटप, मोबाईल लगाएतका सामान किनेर घरमै  संचालन गरेको गुनासा आएको भट्राईले बताए ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %