आदिवासी जनजाति एसियाका क्षेत्रीय संयोजक चक्का नेपालमा

Read Time:1 Minute, 43 Second

देब पचभैया

काठमाडौं, २० चैत – एशियामा आदिवासी आवाज कार्यक्रम अन्तर्गत नेपालमा सञ्चालन भईरहेको कार्यक्रमको अनुगमन तथा मुल्याङ्कक गर्नका लागि एशियामा आदिवासी आवाज कार्यक्रमका क्षेत्रीय संयोजक दिप्त चक्का नेपाल आएकी छन् ।

नेपाल रहँदा उनले आदिवासी जनजातिको क्षेत्रमा काम गरीरहेका एआइपिपिका सदस्य संघंस्थासंग अनुभव र सीपको आदानप्रदान गर्ने विषयमा भोली अन्तरकृया गर्नेछिन् । हिजो नेपाल आएकी दिप्ताले एशियामा आदिवासी आवाज कार्यक्रम अन्तर्गतका नेपाल आदिवासी जनजति पत्रकार महासंघ (फोजिन) को भ्रमण तथा अनुगमन गरेकी छन् । एसियामा आदिवासी आवाज कार्यक्रमको आर्थिक सहयोगमा फोनिजले एकवर्षयता आदिवासी जनजाति पत्रकार र संचार क्षेत्रको विषयमा काम गर्दै आएको छ ।

अनुगमनका क्रममा उनले नेपालमा आदिवासी जनजाति पत्रकारहरुको संचारमाध्यममा उपस्थिती, पहुँच र महिला सहभागीताका विषयमा जिज्ञासा राखेकी थिइन् । यसैगरी चैत २४ देखि २८ सम्म फोनिज पदाधिकारी, एआपिपि सदस्स संस्थाका प्रतिनिधिहरु  लगायतसंग सीप आदानप्रदान तथा अनुभव बाँड्न कम्बोडिया, थाईल्याण्ड र फिलिपन्सिका सहभागीहरु नेपाल आउँदैछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %