शारीरिक शिक्षा तथा सिर्जनात्मक कला प्रशिक्षण सम्पन्न

Read Time:3 Minute, 35 Second

देब पचभैया

पाल्पा, चैत्र १८ गते – शैक्षिक तालिम केन्द्र, पाल्पाको आयोजनामा आधारभूत तहमा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषय शिक्षण गर्ने शिक्षकहरूका लागि १० दिने प्रशिक्षण कार्यक्रमको आज समापन भएको छ ।

पाल्पा जिल्लाका सबै १८ वटै स्रोत केन्द्रका गरी २० जना सहभागी यस कार्यक्रमको पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोसीले समापन गरे । सो अबसरमा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै जोशीले शिक्षकको सकृयता, शैक्षिक सामग्रीको प्रयोग, परीक्षा सञ्चालनमा सुधार जस्ता कार्यले पाल्पाको शैक्षिक अवस्थामा सकारात्मक सुधार हुँदै गएको बताए । वर्तमान अवस्थामा विद्यार्थीको शारीरिक विकासका माध्यमबाट मानसिक विकास हुने र उनीहरूको अन्तर्निहित सिर्जनशीलताको प्रष्फुटन गरी असल तथा सिपयुक्त नागरिक तयार गर्न सबै विषयका जडका रूपमा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको महत्व भएपनि राज्य तथा विद्यालयले यी विषयलाई प्राथमिकता दिई शिक्षण गर्र्नुपर्ने उनको सुझाब छ । उहाले तालिममा सिकेका ज्ञानको कक्षाकोठामा प्रयोग गरी गुणस्तर सुधारका लागि प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षाणमा दाङका सहायक जि. शि. अ.. चेतनशील लम्साल, शै.ता. के. पाल्पाका तालिम संयोजक डम्बरध्वज बस्याल, प्रशिक्षकहरू गोपाल प्रसाद वश्याल, नारायण प्रसाद पोखरेल र रोष्टर प्रशिक्षक रमेश घिमिरेले विभिन्न खेलहरू, संगीत, वाद्यवादन, नृत्य, कागजका काम, पाठ्यक्रम पाठ्यपुस्तक सम्बन्ध जस्ता क्षेत्रमा व्यवहारिक प्रयोग तथा अभ्यासबाट सिकाएका थिए ।

तालिमका सहभागी शिक्षकहरूले शारीरिक शिक्षा र सिर्जनात्मक कला विषय शिक्षण सम्बन्धी कार्य गर्ने र ति शिक्षकहरूको पेशागत विकासका लागि गार्गी माध्यमिक विद्यालयका शिक्षक टिकाराम ढकालको संयोजकत्वमा शारीरिक शिक्षा र सिर्जनात्मक कला शिक्षक असोशियशन (पेक्टा) तदर्थ समिति गठन गरेका छन् । तालिम समापनका अवसरमा सहभागीका तर्फबाट चन्द्र उ. मा. वि. का शिक्षक शारदा पाण्डे, गार्गी मा. वि. का शिक्षक टिकाराम ढकाल, प्रशिक्षक रमेश घिमिरे र डम्बरध्वज बस्यालले तालिमको अनुभव र महत्वबारे प्रकाश पारेका थिए । समापन कार्यक्रम शै. ता. के. पाल्पाका वरिष्ठ प्रशिक्षक यम बहादुर के.सी. को अध्यक्षता र प्रशिक्षक गोपाल प्रसाद वश्यालको सञ्चालनमा चलेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %