भारतीय पूर्व सैनिक कल्याणकारीमा क्या.यमबहादुर थापामगर

Read Time:1 Minute, 31 Second

देब पचभैया

बुटवल १६ चैत्र – भारतीय पूर्व सैनिक कल्याणकारी कृर्षि सहकारी संस्था लिमिटेड काडमाण्डौको प्रथम प्रारम्भिक साधारण सभा नयां नेतृत्व चयन गदैं बुटवलमा सम्पन्न भएको छ ।

सभाले क्याप्टेन यमबहादुर थापामगरको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको हो । जसमा उपाध्यक्ष क्याप्टेन प्रेम थापा कुंवर,सचिव डोरबहादुर खत्री,कोषाध्यक्ष क्याप्टेन तेजबहादुर कुंवर र सदस्यहरुमा सुवेदार प्रेम कुंवर,मोहन खड्का भरतकाजी केंसी.रहेका छन भने ज्ञानेस के.सी.को संयोजकत्मा लेखा समिति गठन गरिएको छ । जसमा चन्द्रबहादुर महत र रमेशकुमार भण्डारी सदस्य रहेका छन ।

संस्थाका अध्यक्ष क्याप्टेन यमबहादुर थापामगरको अध्यक्षता,सचिव डोरबहादुर खत्रीको संचालन,मेजर प्रेमलाल गैरेको प्रमुख आतिथ्यतामा भएको सभामा कर्नेल बोधविक्रम थापा,अल भारत पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय सचिव चन्द्रबहादुर महत,क्याप्टेल खगप्रसाद पुन लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %