मनोज घर्ती मगर
पोखरा, १७ चैत । सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा शान्ति गृहको सहयोगमा बेराजगार युवायुवतीहरुलाई तीन हप्ते आधारभुत बेकरी तालिम प्रदान गरेको छ ।
जर्मनमा लामो समय सम्म बेकरी सम्बन्धी ज्ञान हासिल गरेका माधव के.सीले प्रदान गर्नुभएको तालीममा ९ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई क्यारोट केक, क्यासुनेट कुकिज, आलमाने कुकिज, पिजा लगायत विभिन्न १३ वटा आइटम बनाउने तरिका बारे व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।
युरोपीयन खानाको रुपमा परिचित बेकरीका परिकार नेपालमा पनि पछिल्लो समयमा माग बढ्दै गएको बताइएको छ । पोखराको लेकसाइडमा पर्यटकहरुले बेकरीको अत्याधिक माग गर्ने बताउदै माधव क्याफेका सञ्चालक समेत रहेका के.सीले तालीम पश्चात बेराजगार बस्न नपर्ने जानकारी दिए । सहभागि पार्वती श्रेष्ठले तालिम पञ्चात यसै क्षेत्रमा व्यवसाय गर्ने सोच बनाएको बताइन् । “पहिले केहि थाहा थिएन तालिमले धेरै कुरा सिएको छ”– अर्का सहभागी विन्दु शर्माले भनिन् । बेकरी तालिम पछि कतिय मलेसीय, कोरिया, जापान लगायतका देशमा गएर सिप उपयोग गरेको के.सीको भनाइ छ ।
यस प्रकारको कार्यक्रम आगामी दिनहरुमा कास्की, तनहुँ र स्याङ्जाको विभिन्न स्थानमा सञ्चालन गर्दै जाने सिप विकास तालिम केन्द्र पोखराले जनाएको छ । सिप विकास तालिम केन्दले विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुलाई जिवन उपयोगी तथा आयमुलक तालिम प्रदान गर्दै आएको छ ।
