कमल चौधरी
बुटवल ,१७ चैत्र – नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले एक बर्ष भित्रै संविधान निर्माण हुन्छ भनेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले अञ्चल समन्वय कमिटी, लुम्बिनीको आयोजनमा सोमबार बुटवलको पार्टी कार्यलयमा बोल्दै मन्त्री गौतमले यस्तो भनेका हुन् । उनले संविधान निर्माण गर्नको लागि अफूहरु काग्रेसलाई समर्थन र सहकार्य गरेको बताउदै एक बर्ष भित्रै संविधान निर्माण हुने जिकिर गरे । त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव विष्णु पौडे्लले सरकारको निति निर्माण तहमा एमालेको अहम् भुमिका खेल्ने भन्दै सहकार्य र सहमातीमा छिट्टै संविधान निर्माण गर्ने बताए ।
उक्त कार्यक्रमा एमाले केन्द्रीय नेता छविलाल विश्वकर्माको अध्यक्षता, जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
