मिजुरे गञ्जमान स्मृति फुटबल प्रतियोगिता

Read Time:3 Minute, 9 Second

मनोज घर्ती मगर

पोखरा, १६ चैत – कास्कीको मिजुरेडाँडा गाविसमा चैत २० गतेदेखि खुल्ला सेभेन ए साइड नागीधार स्व. गञ्जमान गुरुङ स्मृति फुटबल कप प्रतियोगिता हुने भएको छ।

यसअघि चैत १९ गतेदेखि प्रतियोगिता शुरु हुने बताइए पनि विशेष कारणबस प्रतियोगितालाई एक दिन पछाडी सारिएको प्रतियोगिता संयोजक ओमप्रकाश गुरुङले बताए । स्थानीय नागीधार सिर्जनशील युवा क्लवले आयोजना गर्न लागेको सो प्रतियोगिता स्थानीय पाखुरीकोट नागिधार विद्यालयको खेल मैदानमा हुने छ । स्व. गञ्जमान गुरुङले नागीधार गाउ तथा मिजुरेडाँडा गाविसको विकासमा पुर्याएको योगदानको स्मरण, मिजुरेडाँडा गाविसको प्रचारप्रसार, खेलकुदको विकास र  पर्यटन प्रवद्र्घन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, शिल्ड, मेडल, प्रमाणपत्र र  द्वितिय हुनेलाई  नगद २० हजार, शिल्ड, मेडल , प्रमाणपत्र प्रदान गरिने छ ।  

प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिड फिल्डर, टिम कोच, टिम म्यानेजर, सर्वाधिक गोलकर्ता र अनुशासित टीमलाई आकर्षक पुरस्कार दिइने छ । प्रतियोगितालाई विभिन्न व्यक्ति तथा सङ्घ/संस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ । प्रतियोगितालाई पछिल्लो समय नागीधार ठुलो गाँउ (हाल युके) का लालकाजी गुरुङ, पोखराका मनिप्रसाद गुरुङ, नागीधार ठुलो गाँउ (हाल मकाउ) का  सन्तोष गुरुङ र पोखरा नयाँ बजारका टेकबहादुर गुरुङले १०/१०  हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको सल्लाहकार आशबहादुर गुरुङले जानकारी दिए । 

प्रतियोगितालाई जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की, सहारा क्लब पोखरालगायतले पनि सहयोग गर्ने भएका छन् ।  पोखराबाट ३ घण्टाको बस यात्रामा नागीधार गाँउ पुग्न सकिने सल्लाहकार संयोजक रविन्द्र गुरुङले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %