गोविन्द घर्ति
देवदह, चैत्र १५ – सरकारी नीति स्पष्ट नभएका कारण सामुदायिक वनहरुले विकासको फड्को मार्न नसकेको् देवदहमा आयोजित एक कार्यक्रममा बौल्ने वक्तहरुले बताएका छन् ।
उनीहरुले सामुदायिक वनहरुले ल्याउने वनको ऐन र नियमावली अनुसार बाहिर गएर कार्ययोजनामा वन कार्यालयले हस्तक्षेप गर्ने गरेको आरोप लगाएका थिए । बुद्ध सामुदायिक वनको तेश्रो बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले सामुहिक दायित्व पुरा गर्न नसकेका कारण बेला बेलामा समस्या आउने गरेको बताएका थिए । जनतालाई वन हस्तान्तरण नगर्दा सम्म वनको संरक्षण र सम्वद्र्धन हुन नसक्ने हुदा वन कार्यालयले त्यस तर्फ ध्यान दिनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।
बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत दिपक ज्ञवाली, सहायक वन अधिकृत बसन्तवावु श्रेष्ठ, नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा, एकिकृत माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, नेकपा–माओवादीका ऋषिराम लामिछाने, कोलिय बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश अर्याल, समुहका अनुगमन संयोजक जीत बहादुर गुरुङ्ग, समुहका सचिव सावित्री सारु, गोविन्द क्षेत्री, सविना भण्डारी लगायतले बोल्दै वनको संरक्षण र समवद्र्धनको लागि उपभोक्ताहरु नै सचेृत र सजग हुनु पर्नेमा जोड दिएका थिए ।
विवादित वीच सम्पन्न भएको साधारण सभामा समुहका सचिव सावित्री सारुले समितिमा अनियमित भएको खुलासा गरे पनि जिल्ला वन कार्यालयका कर्मचारीहरुले त्यसको ठोस जवाफ दिन सकेन । सहसचिव चिर पुनको स्वागत र बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
