देब पचभैया
पाल्पा, चैत्र १५ – पाल्पाका बिभिन्न स्थानमा पुगेर घरेलु तालिम दिने भन्दै ठगी भैरहेको छ ।
साना किसान घरेलु तालिमको नाउमा बिभिन्न ब्याक्तिहरुले पैसा उठाउदै हिडेका छन् । पाल्पाको पिपलडाडा बाट ५० जना बढी बाट ८० हजार बढी ठगि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । चिदिपानी बाट ७ हजार ५ सय ठगि भएको रिपोर्ट आएको पाल्पाका प्रहरी प्रमुख शिब कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
साना किसान घरेलु तालिमको नाउमा गाउका जनताहरुलाई बिभिन्न किशिमको तालिम दिने भन्दै प्रति ब्याक्ति ५ सय देखि एक हजार सम्म पैसा लिएको तर तालिम भने नदिएको स्थानियले बताएका छन् ।
फम भराउनेहरुले बाख्रा दिने, बंगुर दिने, पशु सम्बन्धी तालिम चलाउने, महिलाहरुलाई नेतृत्व बिकासको लागी तालिम चलाउने, बास बाट बिभिन्न सामाग्री बनाउने तालिम दिने भन्दै पैसा उठाएको गाउलेहरुले बताएका छन् ।
तालिमको नाउमा पैसा उठाउदै हिड्नेहरुले बिना दर्ताको फारम बनाएर गाउलेहरुलाई फर्म भराउदै हिडेको जानकारी आएको प्रहरी प्रमुख (डि.एस.पि) श्रेष्ठले बताए ।
जिल्लाका बिभिन्न स्थानमा पनि यसरी नै पैसा उठाएको हुन सक्छ । उनले भने तर हामीकोका रिपोर्ट आएको छैन ।
