स्थानीय निर्वाचन गराउन आफु प्रतिवद्ध – कोइराला

Read Time:3 Minute, 18 Second

दिपा आले

 

नेपालगन्ज ,१४ चैत्र – प्रधानमन्त्री सुशील कोइरालाले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गराउन आफु प्रतिवद्ध रहेको बताएका छन्  । नेपाली जनताको चाहना र माग भनेकै स्थानीय निकायको चुनाव भएको हुंदा ६ महिना भित्र चुनाव गराउने र एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्नका लागि आफ्नोतर्फबाट पूर्ण रुपमा सकारात्मक रहेको बताए ।  

  निमार्ण व्यवसायीहरुको छाता सगंठन नेपाल निमार्ण व्यवसायी महासंघको १६ औ बार्षिक साधारण सभाको उद्घाटन गर्न नेपालगन्ज आउनेक्रममा आज विहान नेपालगन्ज रांझा विमानस्थलमा प्रधानमन्त्री कोइरालांले यस्तो कुरा बताएको हो । स्थानीय निकायको निर्वाचन नहुदा सर्वसाधारणले सेवा सुविधा उपभोग गर्न नपाएको  र अरबौ रुपैया बालुवामा पानी हालेको सरह भएको जिकिर गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाको चुनाव अघि नै राजनीतिक दलहरुले गरेको प्रतिवद्धता पुरा गर्न छलफल जारी रहेको पनि बताए । 

 “पुर्बाधार विकास राष्ट्र निमार्णको आधार— बनौ सर्वपक्ष जिम्मेवार” भन्ने मुल नारका साथ साधारण सभा नेपालगन्जको सिद्धार्थ कटेजमा जारी छ । सभामा देशभरका ६ सय प्रतिनिधी, ५ सय बढी पर्यवेक्षक अथिती गरि करिब १३ सय जनाको सहभागिता रहेको छ । आज विहान सुर्खेतरोड देखि प्रभातफेरी निकालिएको छ ।

(राष्ट्रिय महिला क्रिकेट खेलाडी नरी थापा मगरको पनि सहभागिता)

  उद्घाटन सत्रपछि बन्द सत्रमा महासचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन, र साँझ बृहत सांस्कृतिक कार्यक्रम हुने महासंघका केन्द्रीय सदस्य तथा मुल आयोजक समितिका सह संयोजक मोहन प्रकाश आचार्यले जानकारी दिए । बन्द सत्रमा निमार्ण व्यवसायीहरुका विभिन्न समस्याका विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ ।  निमार्ण व्यवसायीका समस्याका विषयमा विभिन्न सरोकारवाला निकायलाई समाधानका लागि दवाव तथा ज्ञापन पत्र दिने कार्यक्रम रहेको छ ।

सभामा प्रधानमन्त्रीसगै विभिन्न मन्त्रालय, विभागका सचिव, तथा अन्य सरोकारवाला निकायहरुको सहभागिता रहने छ । पहिलो पटक नेपालगन्जमा हुन लागेको साधारण सभाले नेपालगन्ज घोषणा पत्र जारी गरि समापन हुनेछ ।                                            

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %