देब पचभैया
पाल्पा, चैत्र १४ – पाल्पाका सबै सरकारी कार्यालय तथा सार्बजनिक सस्थानहरुका कार्यक्रम तथा कार्यसम्पादनका बिषयमा आज सार्बजनिक सुनुवाई भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र तानसेन नगरपालिकाको आयोजनामा तानसेनको नगरपालिका हलमा भएको कार्यक्रममा पाल्पाको खानेपानी, अघोषित रुपमा भैरहेको लोडसेडिंग लगाएतका बिषयमा धेरै प्रश्न उठेको थियो ।
सार्बजनिक सुनुवाईमा बोल्ने बक्ताहरुले बिधार्थीले सार्बजनिक यातायातका पाउनुपर्ने ४५ प्रतिशत छुट नपाएको, सरकारी गाडीको दुरुपयोग भएको, शिक्षकहरु राजनैतिक कार्यकर्ता भएको, तानसेन नगर क्षेत्रमा सार्बजनिक सौचालय नभएको लगाएतका गुनासो गरेका छन् ।
सहभागीहरुले लेखापढी क्षेत्रमा उपयुक्त पैसा तोक्नुपर्ने, खानापकाउने ग्यासमा उपभोक्ता ठगिएको लगाएतका गुनासा उठेका थिए । पाल्पाका ४४ कार्यालयका प्रमुख उपश्थित भएको कार्यक्रममा उठेका जिज्ञासाको १८ कार्यालयका प्रमुख हरुले प्रश्नको जवाफ दिएका थिए ।
झण्डै ६ घण्टा चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा अधिकांश प्रश्न जिल्ला बिकास, खानेपानी, बिधुत कार्यालय, मालपोत, प्रहरी लगाएतका क्षेत्रका गुनासोहरु रहेका थिए । पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोसीको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन जिल्ला बिकास समितिका पुस्कर भट्राईले गरेका थिए ।
