परासीको २ केन्द्रबाट २ परिक्षार्थी निश्काशित

Read Time:1 Minute, 17 Second

देब पचभैया

नवलपरासी ,१२ चैत्र – एसएलसी परीक्षामा आज भएको स्वास्थ्य जनसंख्या तथा बातावरण विषयको परीक्षामा नवलपरासीमा २ परीक्षा केन्द्रबाट २ जना परिक्षार्थी निश्काशित भएका छन् ।

यो बाहेक आजको परीक्षा नवलपरासीमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ ।

आज पनि परीक्षामा नियमित तर्फ छ्यासी जना र एक्जाम्टेडतर्फ एक सय ६५ जना गरी दुई सय ५१ परीक्षामा सामेल नभएको नवलपरासीको परीक्षा शाखाका अधिकृत पशुपति भट्टराईले बताए ।

नवलपरासीमा यस पटक नियमितर्फका ९ हजार आठ सय ९४ जना र एक्जाम्टेडतर्फका एक हजार सात सय ३ जना गरी जम्मा ११ हजार ५ सय ९७ जना परीक्षार्थीहरु सहभागी छन् । नवलपरासीमा पहाडी क्षेत्रका लागि २ सहित ३९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

भोलि एच्छिक गणित तथा अर्थशास्त्र विषयको परीक्षा हुंदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %