अन्तराष्ट्रिय पिस कपमा नेपाललाई तीन स्वर्ण

मनोज घर्तीमगर

पोखरा,११ चैत – थाईल्याण्डको च्यांङमाई शहरमा भएको विश्व सातौ तङ्ग–इल मो–दो अन्तराष्ट्रिय पिस कप २०१४ मा  नेपालले तीन स्वर्ण पदक सहित आठ पदक जित्न सफल भएको छ ।  

  पिस कपमा महिलाको (४५–५०)  तर्फ सुनिता चौधरीले कातामा गरी २ स्वर्ण पुरुष तर्फ (५१–५५)मा बिसाल राई (स्वर्ण), लक्ष्मण थोकर (रजत) (५६–५९)मन बहादुर थापा (रजत) ,राम बहादुर थोकर काता तर्फ बाट (कास्य), (६१–६५)मा इनरदेव चौधरी , (६५–६९)मा दिपक बास्तोला (रजत) र (७०–७४) मा सुरेश राना (रजत)  पदक जित्न सफल भएका थिए ।

सो अन्तराष्ट्रिय पिस कपमा २८ देशका खेलाडीहरु सहभागी थिए । खेलको उद्दघाटन र समापन समाहरोमायस तङ्ग–इल मो–दो सघंको सस्थापक डा.जोन होसुक ,मास्टर तकाहामिसु होसिको ,मास्टर भेनस् अगस्टिन् एसियन चियरमेन चाङ्सिक योङ युपिफ थाईल्याण्डको उपा–अध्यक्ष कामोन को उपस्थिति रहेको थियो ।