देब पचभैया
पाल्पा, चैत्र १० – जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना प्रहरीलाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी ड्युटी गर्ने र अनैतिक कृयाकलापमा संलग्न प्रहरी नायब निरिक्षक (सई) देखि जवान सम्मका गरी ६ प्रहरीलाई कारबाही गरिएको प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ५ जनालाई बिभागिय कारबाही गरिएको छ भने एक जनालाई जागिरै बाट निकालिएको छ ।
एक बर्षको अबधीमा राम्रो काम गर्ने पाल्पाका ७ प्रहरीलाई भने पुरस्कृत गरिएको छ ।
