देब पचभैया
नवलपरासी, ९ चैत्र – एसएलसी परीक्षाको आज भएको गणित विषयका परीक्षामा नवलपरासीमा १० जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय नवलपरासीका अनुसार परीक्षा हलमा परीक्षाको मर्यादाविपरित चिट चोर्ने , होहल्ला गर्ने १० जना विदार्थीको आजको परीक्षा रद्द गरिएको हो । आज गणित विषयको परीक्षा थियो । जिल्ला शिक्षा कार्यालय नवलपरासीका परीक्षा शाखा प्रमुख पशुपति भट्टराईका अनुसार नवलपरासीको त्रिवेणीमा रहेको नारायणी गण्डकी साधारण संस्कृत उच्च माविका ५ जना , बेलाटारी स्थित त्रिभुवन उच्च माविबाट २ जना र सेमरीको आदर्श इङ्गलिस बोर्डिङ स्कूलबाट ३ जना गरी १० जना विद्यार्थी कारवाहीमा परेका हुन् ।
त्यसैगरी परीक्षाको मर्यादा विपरित विद्यार्थीले काम गर्दा केही नगर्ने शिक्षक तथा निरीक्षकहरुलाई समेत सचेत गराईको छ ।
