फोनिजले पत्रकार गुरुङलाइ सहयोग रकम जुटाउंने

Read Time:1 Minute, 20 Second

देब पचभैया 

काठमाडौं, ६ चैत – दुबै मृगौला खराब भई उपचारार्थ वरिष्ठ पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि सहयोग रकम संकलन गर्न समिति गठन गरीएको छ ।

  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङको संयोकत्वमा गठित समितिमा फोनिज कोषाध्यक्ष टेकराज थामी, तमू सञ्चारकर्मी संघका कोषाध्यक्ष अनिता गुरुङ लगायत आठवटा जातीय पत्रकार संस्थाका अध्यक्षहरु सदस्य रहने गरी समिति गठन गरीएको छ ।

फोनिज केन्द्रीय पदाधिकारी तथा विभिन्न जातीय पत्रकार संस्थाको बैठकले पत्रकार गुरुङको सहयोगार्थ रकम संकलन गर्न लागेको हो । यसैबीच फोनिज केन्द्रले वरिष्ट पत्रकार गुरुङको उपचारका लागि १५ हजार रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ ।

गुरुङको सहयोगार्थ रकम सहयोग गर्न चाहनेहरुले सिभिल बैंकको खाता नम्बर ००२१०००३७९१०२७ मा जम्मा गर्न सकिने फोनिजले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %