देब पचभैया
पाल्पा, चैत्र ६ – जिप दुर्घटनामा पनि घाईते भएकी खानीगाउ पाल्पाकी उमा बोटेले यस बर्षको एस,एल,सि परिक्षा दिन बाट बन्चित भएकी छिन् । गाबिसबाटै बोटे समुदायको प्रतिनिधित्व गर्दे उनी परिक्षाको तयारीमा रहेका थिए ।
खानीगाउ माबिका बिधार्थी उमा बोटे गएको शु्रकबार परिक्षाको तयारीको लागी परिक्षा केन्द्रमा हिडेकी थिईन । जिप दुर्घटनामा घाईते उमाको अहिले पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । उनको टाउकोमा चोट लागेको र परिक्षा दिन नसक्ने अबस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।
२५ घर बोटे रहेको खानीगाउ ६ दैलातुङ्गका झण्डै ढेड सय बोटेहरुकै आसाका केन्द्रबिन्दुमा रहेकी उमाले परिक्षा दिन नसकेपछि त्याहाको समुदाय चिन्तित् भएका छन् । ५ बर्ष अघि बोटे समुदायबाट एक बिधार्थीले परिक्षामा सहभागी थिए । पाल्पामा ६ जना दृष्ट्रिबिहिन बिधार्थीले पनि परिक्षा दिएका छन् । दमकडा उच्च माबिका बिधार्थीहरु परिक्षामा सहभागी भएका हुन् ।
बैकल्पिक लेखकको सहायतामा उनीहरुले परिक्षा दिईरहेका छन् । दृष्ट्रिबिहिनहरुको लागी बिशेष पढाई हुने दमकडा उच्च मा बि पाल्पाका बिधार्थीहरुले बिगत देखि नै ब्रेल लिपिमै परिक्षा दिन पाउनुपर्ने माग गरेपनि उनीहरको माग अहिले सम्म पुरा भएको छैन ।
