नेपाल मगर विद्यार्थी केन्द्रिय समितिको बैठक भोलि

Read Time:2 Minute, 4 Second

दीपा आलेमगर

काठमाडौं, चैत्र ६ – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको प्रथम पूर्ण बैठक भोलि नेपाल मगर संघको हलमा हुर्दैछ । आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भई  आएका पदाधिकारी र केन्द्रिय सदस्यहरुमांझ पहिलो बैठक गरिन लागेको हो ।

बैठकमा चुनावबाट निर्वाचित भएर आएका देशैभरिका पदाधिकारी र केन्द्रिय सदस्यहरु मांझ महाधिवेशनको समिक्षा, दुई वर्ष कार्यकालको कार्य योजना, संगठानिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन, संघले गर्दै आएका कार्यक्रमको कार्यतालिका सचिवालय गठन, राज्य समिति ईञ्चाज, विभागीय प्रमुखको बांडफांड विभाजन, केन्द्रिय सदस्यको कार्यक्षेत्र निर्धारण लगायतका विषयमा प्रस्ताव ऐजेण्डामा छलफल हुनेछ ।  

पहिलो पूर्ण बैठकको उद्घाटन सत्रको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष महेन्द्र थापामगरले गर्नु हुनेछ । उद्घाटन सत्रमा मगर विद्यार्थी संघका पूर्व नेताहरु, मगर संघका पूर्व केन्द्रिय नेता र वर्तमान नेताहरु ,मगर महिला संघ, मगर युवा संघ, मगर सांस्कृतिक संघ लगायतको सहभागीता हुनेछ । आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष दिपा आलेमगरले कार्यक्रमको अध्यक्षता र सञ्चालन नवनिर्वाचित महासचिव गोमबहादुर मगरले गर्नेछन् । प्रथम पूर्ण बैठकले घोषणा पत्र समेत जारी गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %