गाउमा खुलेका हुलाक सुचना केन्द्रमा गृहणीहरुको घुईचो

Read Time:2 Minute, 1 Second

देब पचभैया

पाल्पा, चैत्र ६ – हुलाक कार्यालयको समन्वयमा इलाका हुलाक कार्यालयमा संचालन गरिएका सूचना केन्द्र हरुमा गाउका गृहणी हरुको घुईचो लागेका छ । पाल्पाका जल्पा, आर्यभन्ज्याङ्, छहरा, रामपुर, झडेवा र ता“हुमा सूचना स्थापना गरिएको छ ।

विदेशमा बस्ने हरुको अनुहारै हेरेर एक घण्टा कुरा गर्दा २० रुपैया“ तिरे पुग्ने भएकाले घण्टौ हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता अब अन्त्य भएको गाउका दिदि बहिनीहरुले बताएका छन् ।

इलाका हुलाकका खरिदार भविश्वर पोखरेलले स्थानीय बासिन्दालाई सञ्चारको आधुनिक सेवा लिन सजिलो भएको बताए । सस्तोमा पाइने भएकाले पनि सबैको आकर्षण बढेको हो । छहराका विधार्थी जीवन भण्डारीका अनुसार सस्तोमा कम्यूटर सिक्न पाउदा सबैलाई फाइदा पुगेको छ ।

‘निजीमा सिक्दा धेरै रकम खर्च हुन्छ’ उनले भने ,  ‘हुलाकले चलाएको सूचना केन्द्रले सस्तोमा सिक्न पाउने व्यवस्था छ ।’ विद्यार्थी र गृहिणी सूचना केन्द्रबाट बढी लाभान्वित भएका छन् ।

विदेशमा बस्ने श्रीमान्लाई अनुहारै हेरेर घण्टौ सम्म कुरा गरेकी सोमादीकी कविता पोखरेलले भनिन् ‘मलाई मात्र होइन धेरैलाई सजिलो भएको छ ।’ पोखरेल मात्र होइन सोमादी, छहरा, पालुङ्मैनादी, मुझुङ्, भुवनपोखरी, शिद्देश्वरसम्मका बासिन्दाले छहरास्थित इलाका हुलाक सूचना केन्द्रबाट फाइदा लिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %