देब पचभैया
बुटवल,चैत्र ५ – बुटवलको नयागाउमा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु १ ज ६६० नम्वरको जीपले पश्चिमबाट बुटवल तर्फ आउदै गरेको लु. १५ प. ५५७४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि बुटवल ५, गोलपार्कका २५ बर्षिय सुभाष बगाले र गुल्मि बडागाउ ४ की ३२ बर्षिय जोना बगालेको मृत्यु भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयले जनाएको छ । सोहि सडकखण्डमा दुईदिन अघि भएको दुर्घटनामा पनि दुईजनाको मृत्यु भएको थियो ।
